

घुससहित समातिए खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख



ई–साझाकुरा, साउन २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित पक्राउ गरेको छ ।आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
इन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।
खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया