

पर्सामा ५४ नयाँ संक्रमित थपिए : मेयर, नेपाली सेना, दुगड ग्रुपका कर्मचारी पनि संक्रमित




ई–साझाकुरा, साउन २४
वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्रप्रसाद साह समेत ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
सङ्क्रमित मध्ये ८ महिला र ४६ जना पुरुष रहेका छन् भने संक्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् । थपिएका संक्रमितमा २ जना दुगड गु्रपका कर्मचारी,१ जना नेपाली सेनाका र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना प्राविधिक कर्मचारी रहेका पनि रहेका छन् ।
बीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताकी एक २२ वर्षीय युवती, वडा नं. ७ रेशमकोठी का एक २२ वर्षीय पुरुष, एक जना बीरगञ्ज वडा नं. ९ की ६० वर्षीय महिला, वडा नं. १० का एक जना २२ वर्षीय महिलासहित २४ ३७, ५० र ५० वर्षीय गरी ४ जना पुरुष संक्रमित भएका छन् । त्यसैगरी, वडा नं. ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीय महिला गरी २ जना रहेका छन् । वडा नं. १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका २४ वर्षका २ जना , ३८ र ५० वर्षका १ ÷ जना १ गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साको विश्रामपुर हेल्थ पोस्थमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना, नगरदाह हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसिङमा परेका १ जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।
त्यस्तै,नारायणी अस्पतालले गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार ३ जना बारा जिल्लाका र १ जना सर्लाही जिल्लाका समेत रहेका छन् ।
यसअघि शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको थियो भने कोरोनाको कारण एक वद्धले ज्यान समेत गुमाएका छन ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया