

विराटगरमा एकैदिन २ पत्रकारसहित ५५ जनामा काेराेना पुष्टि, समयमा नै रिपोर्ट नआउँदा संक्रमण फैलिँदै



ई–साझाकुरा, साउन २४
शुक्रबार दिउँसो विराटनगर महानगरपालिका भित्रका ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोही राति दुई जना पत्रकारसहित २२ जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगरमा एकैदिन ५५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । महानगरका २ सय को स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

विराटनगरको १९ वटा वडाहरु मध्ये १८ वटा वडाहरुमा संक्रमण फैलिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिनु भयो । उहाँले दैनिक यसरीनै संक्रमण भेटिने हो भने उपचारमा समस्या आउने बताउनु भयो ।
क्वारेन्टाइनमा बसेकाहरुसंगै स्थानीयहरुमा कोरोना संक्रमण फैलिन थालेको छ । यता २१ गते देखि पीसीसआर टेष्ट गरेकाहरुको अझै रिर्पोट नआएको र लक्षण देखिए पनि उपचार गराउन नपाई घरमै बसिरहेका स्थानीयहरुले गुनासो गरेका छन् । विराटनगरमा कार्यक्षेत्र भएका एक पत्रकारको पनि चार दिन सम्म रिपोर्ट आएको छैन । उनीको टेष्ट गराएका साथीहरुको रिपोर्ट पोजेटिभ आयो उनलाई पनि लक्षण देखिएको छ तर रिपोर्ट आएको छैन । त्यसैले उनी छुटै होम क्वारेन्टाइनमा बसेका छन् ।
विराटनगर महानगरपालिका भित्र २ सय ४५ मध्ये ४३ जना निको भएर गएका छन् भने महानगरपालिका भित्र ३ हजार ३ सय ९२ जनाको पीसीआर टेष्ट गरिएको छ । महानरपालिका भित्र १ सय १ जना क्वारेन्टाइनमा बसेका छन् । कतिपय स्थानीयहरु स्वाब दिएर आप्mनो व्यावसायमा फर्किने गरेका र तीन चार दिन पछि रिपोर्ट पोजेटिभ आउने गरेकाले समुदायमा धेरै फैलिएको पाइन्छ । सरकारले समयमा ध्यान नदिने र टेष्टको दायर बढाएर चाडै रिर्पोट नदिने हो भने भोलि भयावह अवस्था आउने निश्चित छ ।
प्रदेश २ का आन्तरिक मामिल तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण देखिए पछि स्वाब दिनु भएका प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको पीसीसआर रिपोर्ट नेगेटिभ आएको छ तर उहाँ सुरक्षित होम क्वारेन्टाइनमा बस्नु भएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया