
विराटगरमा एकैदिन २ पत्रकारसहित ५५ जनामा काेराेना पुष्टि, समयमा नै रिपोर्ट नआउँदा संक्रमण फैलिँदै

ई–साझाकुरा, साउन २४
शुक्रबार दिउँसो विराटनगर महानगरपालिका भित्रका ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोही राति दुई जना पत्रकारसहित २२ जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगरमा एकैदिन ५५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । महानगरका २ सय को स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

विराटनगरको १९ वटा वडाहरु मध्ये १८ वटा वडाहरुमा संक्रमण फैलिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिनु भयो । उहाँले दैनिक यसरीनै संक्रमण भेटिने हो भने उपचारमा समस्या आउने बताउनु भयो ।
क्वारेन्टाइनमा बसेकाहरुसंगै स्थानीयहरुमा कोरोना संक्रमण फैलिन थालेको छ । यता २१ गते देखि पीसीसआर टेष्ट गरेकाहरुको अझै रिर्पोट नआएको र लक्षण देखिए पनि उपचार गराउन नपाई घरमै बसिरहेका स्थानीयहरुले गुनासो गरेका छन् । विराटनगरमा कार्यक्षेत्र भएका एक पत्रकारको पनि चार दिन सम्म रिपोर्ट आएको छैन । उनीको टेष्ट गराएका साथीहरुको रिपोर्ट पोजेटिभ आयो उनलाई पनि लक्षण देखिएको छ तर रिपोर्ट आएको छैन । त्यसैले उनी छुटै होम क्वारेन्टाइनमा बसेका छन् ।
विराटनगर महानगरपालिका भित्र २ सय ४५ मध्ये ४३ जना निको भएर गएका छन् भने महानगरपालिका भित्र ३ हजार ३ सय ९२ जनाको पीसीआर टेष्ट गरिएको छ । महानरपालिका भित्र १ सय १ जना क्वारेन्टाइनमा बसेका छन् । कतिपय स्थानीयहरु स्वाब दिएर आप्mनो व्यावसायमा फर्किने गरेका र तीन चार दिन पछि रिपोर्ट पोजेटिभ आउने गरेकाले समुदायमा धेरै फैलिएको पाइन्छ । सरकारले समयमा ध्यान नदिने र टेष्टको दायर बढाएर चाडै रिर्पोट नदिने हो भने भोलि भयावह अवस्था आउने निश्चित छ ।
प्रदेश २ का आन्तरिक मामिल तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण देखिए पछि स्वाब दिनु भएका प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको पीसीसआर रिपोर्ट नेगेटिभ आएको छ तर उहाँ सुरक्षित होम क्वारेन्टाइनमा बस्नु भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया