

पाइलट आफू मरे तर धेरैलाई बचाए




भारतीय राज्य केरलाको कोजिकोडमा शुक्रबार अवतरणका क्रममा भएको विमान दुर्घटनामा बचेका यात्रीहरूले विमानका क्याप्टेनले बुद्धिमताढंगले सम्भावित आगलागी हुन नदिई आफूहरूको ज्यान बचाएको बताएका छन्।
घटनामा दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। घटनामा सय भन्दा बढी यात्रु घाइते भएका छन्।
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ मा कोरोना भाइरसका कारण दुबईमा अलपत्र परेका भारतीय नागरिक सवार थिए। घटना लगत्तै स्थानीय मानिसहरू आगो र धुवाँको वास्ता नगरी उनीहरूलाई सहयोग गर्न घटनास्थल पुगेका उनीहरूले बताए।
घटनामा ज्यान गुमाएका विमानका क्याप्टेन दीपक वसन्त साठे भारतीय वायुसेनाका पूर्व लडाकु विमान चालक हुन्।
‘घनघोर पानी परिरहेको थियो। पाइलटले अवतरण गर्नुअघि नै मौसम एकदमै खराब भएको चेतावनी दिएका थिए। उनले दुईपटक सुरक्षित अवतरणको प्रयास गरेपनि नियन्त्रण गुमाए। जहाज धावनमार्गबाट बाहिर गयो र चिप्लियो अनि दुई टुक्रा भयो। धेरैका लागि यो चमत्कारपूर्ण थियो’, विमान दुर्घटनामा बचेका भि इब्राहिम नामका एक यात्रीले भने।
घटना सन् २०१० पछिकै सबैभन्दा खराब यात्रुबहाक विमान दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया