

पाइलट आफू मरे तर धेरैलाई बचाए




भारतीय राज्य केरलाको कोजिकोडमा शुक्रबार अवतरणका क्रममा भएको विमान दुर्घटनामा बचेका यात्रीहरूले विमानका क्याप्टेनले बुद्धिमताढंगले सम्भावित आगलागी हुन नदिई आफूहरूको ज्यान बचाएको बताएका छन्।
घटनामा दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। घटनामा सय भन्दा बढी यात्रु घाइते भएका छन्।
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ मा कोरोना भाइरसका कारण दुबईमा अलपत्र परेका भारतीय नागरिक सवार थिए। घटना लगत्तै स्थानीय मानिसहरू आगो र धुवाँको वास्ता नगरी उनीहरूलाई सहयोग गर्न घटनास्थल पुगेका उनीहरूले बताए।
घटनामा ज्यान गुमाएका विमानका क्याप्टेन दीपक वसन्त साठे भारतीय वायुसेनाका पूर्व लडाकु विमान चालक हुन्।
‘घनघोर पानी परिरहेको थियो। पाइलटले अवतरण गर्नुअघि नै मौसम एकदमै खराब भएको चेतावनी दिएका थिए। उनले दुईपटक सुरक्षित अवतरणको प्रयास गरेपनि नियन्त्रण गुमाए। जहाज धावनमार्गबाट बाहिर गयो र चिप्लियो अनि दुई टुक्रा भयो। धेरैका लागि यो चमत्कारपूर्ण थियो’, विमान दुर्घटनामा बचेका भि इब्राहिम नामका एक यात्रीले भने।
घटना सन् २०१० पछिकै सबैभन्दा खराब यात्रुबहाक विमान दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया