

पर्वतका १०१ संक्रमितमध्ये ३ जना आइसोलेसनमा



इ–साझा कुरा, साउन २४, २०७७
पर्वत : भारत तथा तेस्रो मुलुकबाट आउने क्रम रोकिएपछि पर्वतमा कोरोना संक्रमणको अवस्था नियन्त्रित बनेको छ।

नेपालमा कोरोना संक्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारतमा पुगेका सबैभन्दा बढी र अन्य मुलुकमा गएकाहरू पनि धमाधम जिल्ला फर्किएपछि क्वारेनटाइन र आइसोलेसन भरिएका थिए। तर पछिल्लो समयमा २/४ जना मात्र जिल्लामा भित्रिएका कारण पुलिङ क्वारेनटाइनसमेत खाली हुँदै गएका छन् भने संक्रमितहरूको सङ्ख्या पनि ह्वात्तै घटेको छ। तथ्यांकअनुसार जिल्लामा हालसम्म भारतबाट ९ सय ७३ जना र तेस्रो मुलुकबाट २ सय ७० जना भित्रिएका छन्।
जिल्लामा सङ्क्रमितहरूको कुल सङ्ख्या १ सय १ जना रहेकोमा ९८ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा राखिएकाहरूको सङ्ख्या ३ रहेको छ। पर्वत अस्पतालका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार पर्वत कोरोना अस्पताल (अस्थायी) मा २ जना पुरुष र १ जना महिलाको उपचार चलिरहेको छ। कोरोनालाई जितेर डिस्चार्ज भएकाहरूमा ८३ जना पुरुष र १५ जना महिला रहेका छन्।
जिल्लामा १३ सय ४८ पुरुष र २ सय ३७ महिला गरी कुल १५ सय ८५ जनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय २४ पुरुष र १ सय ६८ महिला गरी ७ सय ९२ जनाको आरडिटी गरिएको छ। हाल प्रि क्वारेनटाइनमा ४८ जना पुरुष र ४ महिला गरी ५२ जना रहेका छन्।
पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाको अनुसार जिल्लाका ७ वटै स्थानीय तहका व्यक्ति सङ्क्रमित भएका थिए। उनीहरू कुस्मा नगरपालिकाका ३६ जना, फलेवास नगरपालिकाका २६ जना, महाशिला गाउँपालिकाका ११ जना, बिहादी गाउँपालिकाका ९ जना, पैयुँ गाउँपालिकाका ६ जना, मोदी गाउँपालिकाका ८ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन्। १ जना भने पर्वत जिल्ला बाहिरका सङ्क्रमित व्यक्ति रहेका थिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया