

अब विगतको जस्तो लकडाउन हुँदैन- उपप्रधानमन्त्री पोखरेल



ई–साझाकुरा, साउन २४
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पारेका छन्।रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताए।

‘अब फेरि लकडाउन हुँदैन। सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन। पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको थियो। कतिपय क्षेत्रमा पछि पुनर्विचार पनि गरेको हो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जहाँ-जहाँ कोरोनाको प्रभाव बढी देखिन्छ, ती ठाउँमा त्यही ढंगले उपाय अपनाउनुपर्छ भने कम भएको ठाउँमा त्यहीअनुसार खुला गरिन्छ। काठमाडौंमा अन्तरजिल्ला आगमन रोक लगाएका छौं। यातायात सेवा थप व्यवस्थित गर्छौं।’
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले मानिसको आवतजावत व्यवस्थित बनाउनेबारे चाँडै निर्णय हुने समेत बताए।
पुरानै तरिकाको लकडाउन नहुने भन्दै उपप्रधानमन्त्री पोखेरलले चलनचल्तीको भाषाको लकडाउन नहुने जानकारी दिए।
‘संक्रमण भएको ठाउँमा सिल गर्नुपर्ने हुन्छ। त्यसका लागि विज्ञहरूसँग पनि परामर्श गर्दै जानुपर्छ। जेहोस् अब सम्पूर्ण रूपमा लकडाउन हुँदैन,’ उनले भने, ‘भौतिक दुरीमा कडाइ साथ ध्यान दिने र नागरिकहरू पनि सचेत हुनपर्ने कुरा बढी महत्वपूर्ण हो। पिसिआर परीक्षण बढाउने, संक्रमण देखिएका समुदायमा कडाइ गर्ने, क्वारेन्टिनहरू व्यवस्थापन गर्ने र आइसोलेसन बेडहरू बढाउनमा सरकारको ध्यान केन्द्रित हुन्छ।’
बाहिरबाट काठमाडौं आउनेहरू अनियन्त्रित ढंग र भौतिक दुरी कायम नगरी आएकाले काठमाडौं धेरै संवेदनशील बनेको समेत उनले बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया