

अब विगतको जस्तो लकडाउन हुँदैन- उपप्रधानमन्त्री पोखरेल

ई–साझाकुरा, साउन २४
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पारेका छन्।रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताए।

‘अब फेरि लकडाउन हुँदैन। सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन। पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको थियो। कतिपय क्षेत्रमा पछि पुनर्विचार पनि गरेको हो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जहाँ-जहाँ कोरोनाको प्रभाव बढी देखिन्छ, ती ठाउँमा त्यही ढंगले उपाय अपनाउनुपर्छ भने कम भएको ठाउँमा त्यहीअनुसार खुला गरिन्छ। काठमाडौंमा अन्तरजिल्ला आगमन रोक लगाएका छौं। यातायात सेवा थप व्यवस्थित गर्छौं।’
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले मानिसको आवतजावत व्यवस्थित बनाउनेबारे चाँडै निर्णय हुने समेत बताए।
पुरानै तरिकाको लकडाउन नहुने भन्दै उपप्रधानमन्त्री पोखेरलले चलनचल्तीको भाषाको लकडाउन नहुने जानकारी दिए।
‘संक्रमण भएको ठाउँमा सिल गर्नुपर्ने हुन्छ। त्यसका लागि विज्ञहरूसँग पनि परामर्श गर्दै जानुपर्छ। जेहोस् अब सम्पूर्ण रूपमा लकडाउन हुँदैन,’ उनले भने, ‘भौतिक दुरीमा कडाइ साथ ध्यान दिने र नागरिकहरू पनि सचेत हुनपर्ने कुरा बढी महत्वपूर्ण हो। पिसिआर परीक्षण बढाउने, संक्रमण देखिएका समुदायमा कडाइ गर्ने, क्वारेन्टिनहरू व्यवस्थापन गर्ने र आइसोलेसन बेडहरू बढाउनमा सरकारको ध्यान केन्द्रित हुन्छ।’
बाहिरबाट काठमाडौं आउनेहरू अनियन्त्रित ढंग र भौतिक दुरी कायम नगरी आएकाले काठमाडौं धेरै संवेदनशील बनेको समेत उनले बताए।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया