

देशव्यापी लकडाउन गरिहाल्ने योजना छैन : मन्त्री खतिवडा



साउन २२, २०७७ बिहिबार
सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताउनुभयो ।
मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन भनेर जसरी गएका थियौँ, त्यो विधिबाट जानेतर्फ अहिले सरकारले सोचेको छैन । आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन त गरिएकै छ ।
लकडाउन भइहाल्ने हाे कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताउनुभयाे ।
उहाँले पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन आग्रह गर्नुभयो । साथै उहाँले आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ध्यान पुर्याउन अपिल गर्नुभयो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया