

कोरोना देखिएका प्रदेश २ का मन्त्री बालुवाटारमा प्रधानमन्त्रीसँग बैठक गरी फर्किएका थिए जनकपुर



कोरोना संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेको खुलेको छ।
मन्त्री यादवले सेतोपाटीसँग कुराकानी गर्दै आफूले गत साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिलाई भेटेको जानकारी दिए।
‘बालुवाटारमा प्रहरी समायोजनसम्बन्धी बैठक थियो। प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत सहभागी हुनुभएको थियो’ उनले भने, ‘उहाँहरूले मलाई संक्रमण भएको थाहा पाइसक्नु भयो होला तर मैले पनि जानकारी गराउने प्रयास गरिरहेको छु।’

उक्त बैठक सकेपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए। त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए।
उनले भने, ‘हिजो राति रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो।’
संक्रमण पुष्टि भए पनि उनले आफूमा कुनै पनि लक्षण नभएको जनाए। उनी अहिले जनकपुरस्थित मन्त्री क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था भने ठिक रहेको जनाए।
‘मलाई कुनै पनि समस्या छैन। चिकित्सकहरूसँग नियमित परामर्श गरिरहेको छु,’ उनले भने।
मन्त्री यादवले योबीचमा प्रदेशका अन्य कुनै मन्त्रीसँग भने आफ्नो भेट नभएको जनाएका छन्। साथै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र परीक्षण गर्न आग्रह गरेका छन्।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया