

कोरोना देखिएका प्रदेश २ का मन्त्री बालुवाटारमा प्रधानमन्त्रीसँग बैठक गरी फर्किएका थिए जनकपुर


कोरोना संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेको खुलेको छ।
मन्त्री यादवले सेतोपाटीसँग कुराकानी गर्दै आफूले गत साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्यक्तिलाई भेटेको जानकारी दिए।
‘बालुवाटारमा प्रहरी समायोजनसम्बन्धी बैठक थियो। प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत सहभागी हुनुभएको थियो’ उनले भने, ‘उहाँहरूले मलाई संक्रमण भएको थाहा पाइसक्नु भयो होला तर मैले पनि जानकारी गराउने प्रयास गरिरहेको छु।’

उक्त बैठक सकेपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए। त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए।
उनले भने, ‘हिजो राति रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो।’
संक्रमण पुष्टि भए पनि उनले आफूमा कुनै पनि लक्षण नभएको जनाए। उनी अहिले जनकपुरस्थित मन्त्री क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था भने ठिक रहेको जनाए।
‘मलाई कुनै पनि समस्या छैन। चिकित्सकहरूसँग नियमित परामर्श गरिरहेको छु,’ उनले भने।
मन्त्री यादवले योबीचमा प्रदेशका अन्य कुनै मन्त्रीसँग भने आफ्नो भेट नभएको जनाएका छन्। साथै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सर्तक रहन र परीक्षण गर्न आग्रह गरेका छन्।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया