

कपिलवस्तुको समुदायस्तरमा फैलिदैं कोरोना, थप २१ जनामा कोरोना संक्रमण पुष्टि

ई–साझाकुरा, साउन २२
कपिलवस्तुमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका समुदायमा गरिएको नमुना थ्रोट स्वाब मध्ये आएको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रभित्र संचालित बैंक तथा वितिय संस्था देखि संकलन गरिएका नमुना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मेडिकल, पोलिक्लिनिकबाट २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्कर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै मायादेवी गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । यससंगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया