
विराटनगरमा फेरि दुई हप्ता लकडाउन




साउन १६, बिराटनगर– विराटनगर महानगरपालिकाले शुक्रबार रातिदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरेको हो । महानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेपछि लकडाउनको घोषणा गरिएको हो । लकडाउन बिहीबार राति १२ बजेदेखि साउन ३० गते राति १२ बजेसम्म कायम हुने महानगरपालिकाले जनाएको छ ।
निर्णय उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको चेन तोड्नको लागि महानगरबाट भएको निर्णयअनुसार त्यसको कार्यान्वयनमा जान लागिएको खड्काले बताउनुभयो ।
कोरोना सङ्क्रमण रोकथामका लागि भिडभाड रोक्ने र अनावश्यक आवागमन नियन्त्रण आवश्यक भएकोले महानगरले सबैसँग समन्वय गरेर लकडाउन गरेकोले गृह प्रशासनको तर्फबाट त्यसलाई कार्यान्वयन गरिने उहाँले बताउनुभयो । त्यसको उल्लङ्घन गरिएमा थुनामा राखेर कारबाही गर्ने प्रशासनको तयारी छ ।
लकडाउनको अवधिमा नगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन, बजार तथा पसल, उद्योग, व्यवसाय, नयाँ र पुरानो दुवै गुद्री बजार बन्द रहने महानगरका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
लकडाउनको अवधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, वारुणयन्त्र, अस्पतालको बहिरङ्गबाहेकको सेवा, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चार, आईसीपीबाट हुँदै चल्ने मालवाहक गाडी भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।
महानगरपालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अनावश्यक हिँडडुल नगर्न र सबैले घरमै बसेर सहयोग गर्न आह्वान गरेको छ । साथै स्वास्थ्य सुरक्षासम्बन्धी सबै नियमको पालना गर्न पनि महानगरले भनेको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया