



विराटनगरमा फेरि दुई हप्ता लकडाउन


साउन १६, बिराटनगर– विराटनगर महानगरपालिकाले शुक्रबार रातिदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरेको हो । महानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेपछि लकडाउनको घोषणा गरिएको हो । लकडाउन बिहीबार राति १२ बजेदेखि साउन ३० गते राति १२ बजेसम्म कायम हुने महानगरपालिकाले जनाएको छ ।
निर्णय उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको चेन तोड्नको लागि महानगरबाट भएको निर्णयअनुसार त्यसको कार्यान्वयनमा जान लागिएको खड्काले बताउनुभयो ।
कोरोना सङ्क्रमण रोकथामका लागि भिडभाड रोक्ने र अनावश्यक आवागमन नियन्त्रण आवश्यक भएकोले महानगरले सबैसँग समन्वय गरेर लकडाउन गरेकोले गृह प्रशासनको तर्फबाट त्यसलाई कार्यान्वयन गरिने उहाँले बताउनुभयो । त्यसको उल्लङ्घन गरिएमा थुनामा राखेर कारबाही गर्ने प्रशासनको तयारी छ ।
लकडाउनको अवधिमा नगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन, बजार तथा पसल, उद्योग, व्यवसाय, नयाँ र पुरानो दुवै गुद्री बजार बन्द रहने महानगरका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
लकडाउनको अवधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, वारुणयन्त्र, अस्पतालको बहिरङ्गबाहेकको सेवा, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चार, आईसीपीबाट हुँदै चल्ने मालवाहक गाडी भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।
महानगरपालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अनावश्यक हिँडडुल नगर्न र सबैले घरमै बसेर सहयोग गर्न आह्वान गरेको छ । साथै स्वास्थ्य सुरक्षासम्बन्धी सबै नियमको पालना गर्न पनि महानगरले भनेको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया