

कांग्रेस भित्रको विवाद देउवा पक्ष गम्भीर नबनेको पौडेल पक्षको ठहर



साउन १६, काठमाण्डौ
नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि सभापति शेरबहादुर देउवाले आफूखुसी विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको छ ।
देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै पौडेल पक्षले लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।पाँचबुँदे पत्रमा विधान विपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, भ्रातृ संस्था सक्रिय हुन नसकेको जस्ता विषय उठाइएको छ । पौडेल पक्षको मुख्य आपत्ति भने विधान विपरीत गठन गरिएका विभागको विषयमा छ ।यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न पौडेल पक्षले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएको हो ।
पौडेलसँगै महामन्त्री डाक्टर शशांक कोइराला, डाक्टर मीनेन्द्र रिजाल, जीवन परियारलगायतले बिहीबार पार्टी सभापति देवालाई भेटेर ध्यानाकर्षण बुझाएका हुन् ।पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औँ महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लङ्घन भएको पौडेल समूहको ठहर छ । आफूहरूले उठाएको मागमा सभापति गम्भीर नदेखिएपछि पौडेल समूहका नेताहरूले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेका छन् ।वरिष्ठ नेता पौडेलले आफूहरुको उठाएको विषय नीतिगत र पार्टीलाई लोकतान्त्रिक बनाउने मुद्दा रहेको बताउनुभएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया