
कांग्रेस भित्रको विवाद देउवा पक्ष गम्भीर नबनेको पौडेल पक्षको ठहर




साउन १६, काठमाण्डौ
नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि सभापति शेरबहादुर देउवाले आफूखुसी विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको छ ।
देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै पौडेल पक्षले लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।पाँचबुँदे पत्रमा विधान विपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, भ्रातृ संस्था सक्रिय हुन नसकेको जस्ता विषय उठाइएको छ । पौडेल पक्षको मुख्य आपत्ति भने विधान विपरीत गठन गरिएका विभागको विषयमा छ ।यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न पौडेल पक्षले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएको हो ।
पौडेलसँगै महामन्त्री डाक्टर शशांक कोइराला, डाक्टर मीनेन्द्र रिजाल, जीवन परियारलगायतले बिहीबार पार्टी सभापति देवालाई भेटेर ध्यानाकर्षण बुझाएका हुन् ।पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औँ महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लङ्घन भएको पौडेल समूहको ठहर छ । आफूहरूले उठाएको मागमा सभापति गम्भीर नदेखिएपछि पौडेल समूहका नेताहरूले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेका छन् ।वरिष्ठ नेता पौडेलले आफूहरुको उठाएको विषय नीतिगत र पार्टीलाई लोकतान्त्रिक बनाउने मुद्दा रहेको बताउनुभएको छ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया