

कुवेतले लगायो नेपालसहित ७ देशका नागरिकको प्रवेशमा रोक



ई साझाकुरा , साउन १६
कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

कुवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित सात देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।
कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।
साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया