

प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि, धमाधम अन्यकाे पनि परीक्षण गरिदै



fप्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ९ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार बिहान आएको परीक्षण रिपोर्टमा थप नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संक्रमण देखिएका नौ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।
अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन् । प्रहरी मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ । साथै, संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएकोप्रवक्ता कडायतले जानकारी गराउनुभयो ।
मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
यसअघि प्रहरी प्रधान कार्यालयका ३५ जनामा कोरोना देखिएको थियो।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया