

प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि, धमाधम अन्यकाे पनि परीक्षण गरिदै



fप्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ९ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार बिहान आएको परीक्षण रिपोर्टमा थप नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संक्रमण देखिएका नौ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।
अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन् । प्रहरी मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ । साथै, संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएकोप्रवक्ता कडायतले जानकारी गराउनुभयो ।
मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
यसअघि प्रहरी प्रधान कार्यालयका ३५ जनामा कोरोना देखिएको थियो।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया