

भाटभटेनी सुपरमार्केटको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो


विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज बिहान वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।
ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।
बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया