

आजकाे माैसम अपडेट : यी जिल्लामा बिहानैदेखि वर्षा : बाढीपहिरोबाट जाेगिन माैसम विभागकाे आग्रह





ई–साझाकुरा,साउन २२
पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ।
यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया