



आजकाे माैसम अपडेट : यी जिल्लामा बिहानैदेखि वर्षा : बाढीपहिरोबाट जाेगिन माैसम विभागकाे आग्रह


ई–साझाकुरा,साउन २२
पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ।
यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया