वन कार्यालयको नजर वाणगंग ९ को सुकुम्बासी बस्तीमा ,नहटे बल प्रयोग गर्ने चेतावनी


राजेन्द्र खनाल, कपिलवस्तु

डिभिजन वन कार्यालय कपिलवस्तुले मानव वस्तीक्षेत्रलाई नै वन क्षेत्र भनी पत्र काटेपछि पछिल्लो दुई साता यता कपिलवस्तुको वाणगंगाको एउटा टोल चिन्तामा परेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित चौवाह टोलमा रहेको एउटा वस्ति वन क्षेत्रमा पर्ने भन्दै डिभिजन वन कार्यालय कपिलवस्तुले मंसिर १५ गते एक हप्ताको म्याद दिई सो क्षेत्र खाली गर्न भनेको थियो । वडा नम्बर ९ स्थित कपिलधाम आरोग्य मन्दिर धार्मिक वन क्षेत्रमा पर्ने कोईली नदीको पश्चिम धिरी नदीको पुर्व तर्फ रहेको स्थानलाई वन क्षेत्र भनि खाली गर्न भनिएको छ ।

तस्विरमा वाणगंगा ९ को वन कार्यालयको नजर वाणगंग ९ को सुकुम्बासी बस्ती

यता चौवाह भाटा टोल भुमि अधिकार मञ्च कपिलवस्तुले भने सो स्थान वन क्षेत्रमा नपर्ने बताउँदै आएको छ । मञ्चका अध्यक्ष जीत बहादुर पुनले करिब दुई दशक देखि जोतभोग गर्दै आएको सो स्थानबाट नागरिकहरुलाई हटाउन नहुने बताए । त्यस्तै मञ्चका उपाध्यक्ष भीम बहादुर बुढाथोकी मगरका अनुसार अहिले सो स्थानमा पाँच वटा टहरा हटान डिभिजन वन कार्यालयको आदेश आएको भन्दै आफुहरु माथि अन्याय गर्न खोजिएको बताए ।
सो स्थानमा बस्दै आएका परिवारहरुले जोतभोग गर्दै आएको सो स्थान सुकुमवासी समस्या समाधान आयोगको माध्यमबाट समाधान गरिनुपर्ने माग राख्दै भागेचलन एवम् बसोवास गरी आएको जग्गाको नाप नक्सा गरी पुर्जा उपलब्ध गराउन भन्दै आयोगलाई निवेदन समेत दिएका छन् ।
चौवाह भाटका नागरिकहरुले सो क्षेत्रमा २०५०÷०५१ साल देखि खनजोत गरी प्रतिबाँझो जमिनलाई खेतियोग्य बनाई परिवारको पालनपोषण गर्दै आएका छन् । सो स्थानमा उनीहरुले घरबास समेत बनाएका छन् । साबिक भलवाड गाबिसको कार्यालयमा समेत स्थानियले सो जग्गाको घरकर लिने गरको उनीहरुले बताएका छन् । बिसौँ वर्ष देखि जोतभोग तथा बसोबास गर्दै आएको जमिन वन क्षेत्र भनि हटाउन खोजिएको भन्दै उनीहरु निराश भएका छन् ।
यता कानुन अनुसार भने भुमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र भनिएको भए पनि हाल आवादी रहेको स्थानमा कम्तिमा दश वर्षदेखि बसोवास गरी आएका भुमिहिन सुकुम्वासी वा अव्यवस्थित बसोवासीहरुलाई एक पटकका लागि नेपाल सरकारले निजहरु बसोवास गर्दै आएको स्थानमा बसोवासको लागि तोकिएको क्षेत्रफल हद नबढ्ने गरी जग्गा उपलब्ध गराउन वा नेपाल सरकारले उपयुक्त ठह¥याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलमा हद नबढ्ने गरी उपलब्ध गराउन सक्ने उल्लेख गरिएको छ । सो का लागि नेपाल सरकारले आवस्यकता अनुसार प्रदेश सरकार र स्थानिय तह सँग समन्वय गर्ने पनि भनिएको छ ।
तर यता डिभिजन वन कार्यालयको पत्रले भने चौवाह भाटाका सुकुम्वासीहरु चिन्तामा परको छन् । वन कार्यालयले सो क्षेत्र खाली नगरिए बल प्रयोग गरी हटाउने चेतावनीपूर्ण सूचना जारी गरको छ । एक हप्ताको म्याद मंसिर २२ गते सकिए पनि नागरिकहरु भने चिन्तामा परेका छन् । शसस्त्र बल प्रयोग गरी घर टहरा हटाउने डिभिजन वन कार्यालयको चेतावनी पूर्ण पत्रले आफुहरुको झण्डै दुई दशक देखिको घरबास सकिने चौवाह भाटा भुमि अधिकार मञ्चका उपाध्यक्ष भीम बहादुर बुढाथोकी मगरले गुनासो गरेका छन् ।
यस्तो बताउँछन् डिभिजन वन प्रमूख पौडेल
डिभिजन वन कार्यालय तौलिहवाका प्रमूख ईश्वरी पौडेलले यस विषयमा कडा प्रतिक्रिया दिएका छन् । वनको जग्गा अतिक्रमण गरि बस्नेहरुलाई जुनसुकै बेला पनि हटाइने उनको भनाई छ । उनका अनुसार सो क्षेत्र २०६३ साल मा धार्मिक वनको रुपमा घोेषणा भएको हो । कपिलधाम धार्मिक वनको नाममा सो क्षेत्र परेकाले मानव वस्ती बस्न नाउने पौडेलले बतााए ।
मंसिर १५ गते डिभिजन वन कार्यालय तौलिहवाले निकालेको सूचनाको म्याद मंसिर २२ गते सकिए सँगै वन कार्यालयले फेरी अर्काे सूचना निकाल्ने तयारी गरको सब डिभिजन वन कार्यालय गोरुसिँगेका सूचना अधिकारी मदनमोहन स्याण्डील्यले बताए ।

प्रतिक्रिया

खबर सबै