

कास्कीले जित्यो कपिलवस्तुमा आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि



कपिलवस्तु, मंसिर २५

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भई रहेको राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीले चुमेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो । पहिलो सेट २१,१६ र दोस्रो सेठ २१, ७ ले हराउदै कास्की बिजयी भएको हो ।
प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल हात पारेको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए ।
राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको बाणगंगा नगरपालिका वडा नः ४ को आयोजना तथा शान्ती दिप युवा क्लवको समन्वयमा सम्पन्न भएको हो । प्रतियोगितामा बिभागिय टोली सहित देशभरका ३७ समुहको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक राष्ट्रीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने वडाका रुपमा बाणगंगा नगरपालिका वडा नः ४ रहेको छ ।
कार्यक्रममा खेलाडीलाई लुम्बिनी प्रदेश सासंद बिष्णु पन्थीले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गदैँ उनले भने युवालाई खेलसगं जोड्न सके समाज राम्रो हुनुका साथै खेल क्षेत्रमा पनि अगाडी बढ्न सकिने कुरामा जोड दिएका थिए । वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया