७५ लाख बढी लागतमा सुरु भयो कोपवा बजार

मंसिर २४ कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको सबैभन्दा पुरानो बजार कपिलवस्तुको वाणगंङ्गा नगरपालिका वडा नं.५ कोपवामा रहेको सबै भन्दा पुरानो हाट बजार आज नयाँ व्यववस्थापनका साथ संचालनमा आएको छ ।

प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल बलदेबले बजारको आज औपचारीक उद्धघाटन गर्नुभयो । बजार उद्धघाटन गर्दै सासंद खनालले धेरै बर्ष पुरानो कोपवा बजार रहेको बताउनुभयो । बजार संचालन गरेर मात्रै नहुने भन्दै खनालले त्यसको सही व्यवस्थापन पनि महत्पुर्ण हुने बताउनुभयो । त्यस्तै सासंद खनालले कपिलवस्तुको हथौसामा क्षेत्रिय बजार बन्न लागेको पनि जानकारी दिनुभयो । अहिले किसानहरुले उत्पादनमा ध्यान नदिएकोले भारतिय बजारमा निर्भर रहन परेको उनको दाबी थियो ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेस सभा सदस्य बिष्णु पन्थीले हाटबजारमा स्थानिय उत्पादनलाई बजारसम्म ल्याउन र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । त्यस्तै बजारको व्यवस्थापन गर्न स्वयम कोपवाका नागरिकहरुनै लागि परेर आर्थिक स्थीति लाई सहज बनाउन उहाँले आग्रह गर्नुभयो ।

करिव ७५ लाख लागतमा निर्माण गरिएको सो हाटबजार सँगै छेउमा रहेको पोखरीलाई सुन्दरीकरण गरी थप व्यवस्थित बनाउन बजेट ब्यवस्थापन गर्न आवश्यक रहेको वडा अध्यक्ष भिष्मराज भुसालले बताए । यसअघि हाटबजार लाग्दै आएको ठाउमा पार्क बनाइने अध्यक्ष भुसालले बताए ।

कार्यक्रम बजार सञ्चालक समितिका अध्यक्ष कमल अर्यालको अध्यक्षता रहेको थियो । कोपवा टोलबिकास संस्थाका अध्यक्ष जयकरण थारूको स्वागत मन्त्ब्य सहित वडा सचिव दिपक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै