

बिहे गर्दै हास्य कलाकार गजुरेल


मंसिर २२, काठमाडौं
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै रातोपाटीलाई भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’
महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ ।
दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।
सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया