

कोरोनाका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्यो


ई–साझाकुरा, मंसिर २२

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको पवित्र स्थल मायादेवी मन्दिर सर्वसाधारणका आज आइतबारबाट खुलेको छ ।
कोरोना महामारीका कारण चैत्र महिनादेखि बन्द रहेको मन्दिर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष योगेश भट्टराईले आइतबारदेखि खुला भएको घोषणा गरेका हुन ।
लुम्बिनी विकास कोष परिषदको निर्णयले नेपाल सरकारको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई मायादेवी मन्दिर खुला गरिएको हो ।
मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुलाई अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८–१० जना मात्र प्रवेश गर्ने व्यवस्था मिलाउन विकास कोषलाई निर्देशन दिएको मन्त्री भट्टराईले बताए ।
यस अघि सरकारले पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेपनि मायादेवी मन्दिर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल र विश्वको ध्यान भएको केन्द्र रहेकोले खुल्न सकेको थिएन ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया