राष्ट्रिय  ब्याडमिन्टन प्रतियोगिता वाणगंगामा आयोजना हुने

ई-साझाकुरा, मंसिर २१

कपिलवस्तुको बाणगंगामा खुल्ला पुरुष डबल राष्ट्रिय  ब्याडमिन्टन प्रतियगियोता हुने भएको छ । बाणगंगा नगरपालिकाको आयोजना शान्ती दिप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते खुल्ला राष्ट्रिय  ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले रु ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले रु १६ हजार पाउने क्लवका अध्यक्ष शुसिल सिहं ठकुरीले बताए । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने छ ।

साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दा बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको कर्बड हल निमार्ण समितिका अध्यक्ष खड्क आलेले जनाएका छन् ।

आगु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उदेश्यका साथ प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक बाणगंगा नगरपालिका वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया

खबर सबै