

थप १४ सय ९० जनामा कोरोना पुष्टि ,उपत्यकामा मात्रै ७२३


नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३६ हजार २४६ जना पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
यता, पछिल्लो २४ घण्टामा १५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख १८ हजार १६१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ३८ जना पुगेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया