

नेप्से २ हजार विन्दुको नजिकै, नौ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढ्यो



मंसिर १५, ई–साझाकुरा
शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केही बेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको हो ।
साेमबार जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले, जलविद्युतको ७९, उत्पादन समूहको ७३, अन्य समूहको ४० र माइक्रो–फाइनान्स समूहको शेयर ३७ अङ्कले बढेको छ ।
साेमबार एक सय ५८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साेमबार युनाइटेड मोदी जलविद्युत्, माथिल्लो तामाकोशी जलविद्युत् लगायत नौ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतभन्दा धेरै गुमाएका छन् ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया