

अस्ट्रेलियासँग भारत ६६ रनले पराजित



मंसिर १२, काठमाण्डौ ।
अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय आठ रनमा समेटियो ।
भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।
बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया