राष्ट्रिय क्रिकेट टोलीका स्पिनर वसन्त रेग्मीलाई कोरोना संक्रमण

मंसिर ११ काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । वसन्तले मंसिर पाँच गते लक्षण देखिएपछि स्वास्थ्य परिक्षण गराएको र नतिजा पोजेटिभ देखिएको जानकारी दिएका छन् । सोही कारण उनी बन्द प्रशिक्षणमा पनि अनुपस्थित भएका थिए । वसन्तको रिपोर्ट पोजेटिभ आएकै दिन क्यानले बन्द प्रशिक्षणमा बोलाउने २२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको वसन्तले बतएका छन् ।
वसन्त गृहजिल्ला भैरहवा स्थित आफै घरमै आइसोलेसनमा बसेका छन् । यो सँगै नेपाली राष्ट्रिय टोलीमा कोरोना संक्रमण देखिने खेलाडीको संख्या चार पुगेको छ ।

प्रतिक्रिया

खबर सबै