सुनसरीकाे इटहरी र इनरुवामा ५ दिने लकडाउन

साउन २०, २०७७ मंगलबार
माेरङ – सुनसरीको सदरमुकाम इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगरस्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा मङ्गलबार राति १२ बजे देखि लागू हुने गरी पाँच दिने लकडाउन गर्ने निर्णय गरेकाे हाे । इटहरीमा समुदायस्तरमा कोरोना सङ्क्रमण भएको भन्दै लकडाउन घोषणा गरिएको इटहरी उपमहानगरले जनाएको छ ।

यस्तै इनरुवा नगरपालिकामा पनि पाँच दिने लकडाउन घोषणा गरिएको छ । गएकाे १८ गते इनरुवाका राजनीतिककर्मी, प्रहरी, पत्रकार र आशङ्का गरिएका व्यक्ति गरी ७५ जनाको स्वाब सङ्कलन गरिएकोमा एक जना मेडिकल सञ्चालकको काेराेना रिपोर्ट पोजेटिभ आएपछि सुनसरी सदरमुकाम इनरुवा लकडाउन गरिएको हो । इनरुवामा पनि साउन २६ गतेसम्मलाई लकडाउन हुनेछ ।
सुनसरीको दुहबी नगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ । दुहबीमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक जना नगरपालिकाका कर्मचारी पनि हुन् । नगर प्रमुख वेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड–१९ आपत्कालीन व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दुहबीमा मङ्गलवार रातिदेखि भदौ २ गतेसम्म लकडाउन लागू हुनेछ । यो निर्णय उल्लङ्घन गरेमा प्रतिपटक पाँच हजार जरिबाना गर्ने निर्णय पनि भएकाे छ । लकडाउन उल्लङ्घन गरे पाँच हजार रुपैयाँसम्म जरिबाना गरिने नगरपालिकाले जनाएको छ ।

खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित

प्रतिक्रिया