

कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित



कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र प्राप्त गर्न नसकेका २६९ घरधुरीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
वर्षौंदेखि आफ्नो नाममा जग्गाको स्वामित्व प्रमाणित गर्ने आधिकारिक कागजात नहुँदा विभिन्न प्रशासनिक तथा आर्थिक काममा कठिनाइ भोग्दै आएका स्थानीयवासीले बिहीबार लालपुर्जा पाएसँगै राहत महसुस गरेका छन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा गाउँब्लक जग्गाधनीलाई लक्षित गरी लालपुर्जा वितरण कार्यक्रम गरिएको हो । नगरपालिकाका वडा नं. १, ७ र ९ का २६९ घरधुरीलाई वडा नं. ९ को कार्यालय परिसरमा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको नगरप्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो ।
नगरप्रमुख शाहले गाउँब्लकमा बसोबास तथा जग्गा भोगचलन गर्दै आएका नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले प्रमाणपुर्जा वितरण गरिएको बताउनुभयो । उहाँले लामो समयदेखिको समस्यालाई समाधान गर्ने प्रक्रियाअन्तर्गत स्थानीयले लालपुर्जा प्राप्त गरेको उल्लेख गर्नुभयो ।
लालपुर्जा प्राप्त गरेपछि जग्गाको स्वामित्वसम्बन्धी कानुनी आधार स्थापित हुनुका साथै जग्गासम्बन्धी विभिन्न कारोबार तथा प्रशासनिक कार्य सहज हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख आरतीदेवी चौधरी, जनप्रतिनिधि, नापी कार्यालयका प्रमुख तथा कर्मचारी, स्थानीय अगुवा र जग्गाधनीहरूको सहभागिता रहेको थियो ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया