

कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–६ डुमरा चोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ वर्गदवाका २४ वर्षीय शुभम लोहार रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ना.१ क ५४९८ नम्बरको दूध बोक्ने ट्याङ्करले लु.६६ प १७६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका लोहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले ट्याङ्कर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया