खोरमा अड्किएको चितुवाको उद्धार

 अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ मकैडाँडामा कुखुराको खोरमा अड्किएको चितुवाको सुरक्षित उद्धार गरिएको छ ।

स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको सूचना पाएपछि डिभिजन वन कार्यालय अर्घाखाँचीको टोली घटनास्थलमा पुगेर चितुवाको उद्धार गरेको हो । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले चितुवा खोरभित्र रहेका चार वटा कुखुरा मारेपछि बाहिर निस्कन नसकी अड्किएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

चितुवालाई आवश्यक सावधानी अपनाएर सुरक्षित रूपमा उद्धार गरिएको छ । उद्धार गरिएको चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक प्रक्रिया पूरा गरी उपयुक्त प्राकृतिक वासस्थानमा छाडिने कार्यालय जनाएको छ ।

वन्यजन्तु बस्तीमा प्रवेश गरेको अवस्थामा स्थानीयवासीलाई नआत्तिन र आफैँ नियन्त्रणमा लिन प्रयास नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । त्यस्तो अवस्थामा तत्काल सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनसमेत कार्यालयले अनुरोध गरिएको छ । 

प्रतिक्रिया

खबर सबै