

बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु



बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ मा एक १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी १७ वर्षीया किशोरी लालमती पुन मगरको घरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको हो । उक्त वडा बालविवाहमुक्त घोषणा भएको वडा हो ।
कोहलपुर १३ का वडासदस्य बलबहादुर घर्तिले भरैयाका अङ्कबहादुर पुन मगरकी पत्नी १७ वर्षीया लालमती पुन मगरको घरमै सुत्केरी हुने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले शनिबार बिहान ५ः३० बजे १७ वर्षीया लालमतीले आफ्नो पहिलो सन्तानलाई घरमै जन्म दिएको र जन्मनेबित्तिकै बच्चाको पनि मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार बच्चा जन्मिसकेपछि लालमतीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिएको थियो ।
गम्भीर अवस्थामै अस्पताल पु¥याइएकी लालमतीलाई बिहान ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका र लालमतीको अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको अस्पतालले जनाएको वडासदस्य घर्तिले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिनदेखि लालमतीको स्वास्थ्यमा समस्या आएको थियो । लालमतीको अत्यधिक पेट दुखिरहेको परिवारले बताएको र शनिबार बिहान एक्कासि सुत्केरी व्यथा लागेपछि उहाँले घरमै बच्चालाई जन्म दिएको, जन्मनेबित्तिकै बच्चाको मृत्यु भएको र बेहोस अवस्थामा रहेकी लालमतीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
“वडामा निकै दुःखद् घटना घटेको छ । सुत्केरी अवस्थामा एक किशोरीका साथै नवजात शिशुको समेत निधन भएको छ ।” वडासदस्य घर्तीले भन्नुभयो । उहाँका अनुसार मृतक लालमतीका परिवार गत वर्षमात्रै सल्यानबाट बसाइँसराइ गरेर कोहलपुर आएका थिए ।
“हाम्रो वडा २०७७ सालमा बालविवाहमुक्त घोषणा भएको हो, कम उमेरमा लुकिछिपी, भागी विवाह गर्ने कतिपय घटनाहरु हामीसँग आपइपुग्दैनन्, जानकारी हुँदैन ।” उहाँले भन्नुभयो, “लालमतीका परिवार गत वर्षमात्रै सल्यानबाट बसाइँसराइ गरेर यहाँ आएको हो, उनीहरुको उतै विवाह भएको थियो ।”
स्वास्थ्यका दृष्टिले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिँदैन । कानुनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख छ । तर, अझै पनि भागी र लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् ।
त्यसको ज्वलन्त उदाहरण हो, कोहलपुर १३ भरैयामा घटेको घटना । कम उमेरमा शारीरिक अङ्ग परिपक्व भइनसकेको र २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन् ।
“हामी सबैको प्रतिबद्धताः बालविवाहविरुद्ध साझा प्रतिबद्धता” भन्ने नारासहित २०७७ चैत महिनामा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । घोषणापूर्व उक्त वडाका टोलहरुमा ४ हजार ५ सय ७७ मध्ये १ सय ५० घरधुरीको सर्वेक्षण गरिएको थियो ।
शनिबार घरमै असुरक्षित सुत्केरी गराउँदा शिशु र किशोरी आमाको निधन भएपछि बालविवाहमुक्त घोषणा भइसकेको वडाको घटनाले घोषणा कार्यान्वयनमा गम्भीर प्रश्न उब्जाएको छ । बालविवाहमुक्त वडामै बालविवाहका कारण शिशु र आमाको अकालमा ज्यान जानु गम्भीर विषय र चिन्ताजनक विषय हो ।
बालविवाहमुक्त वडा घोषणालाई कार्यान्वयनमा लैजान वडा र सरोकारवालाले ध्यान नदिँदा यस्तो अवस्था सिर्जना भएको हो । जनप्रतिनिधि र समाजका अगुवाहरुले बालविवाह हुन नदिन पहल गर्न जरुरी देखिएको सरोकारवाला बताउँछन् ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया