

गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ



गुल्मीमा अवैध हातहतियार र जङ्गली जनावरको आखेटोपहारसहित तीन पक्राउ परेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मानकोट भ्यूडाँडामा अवैध रूपमा हातहतियार निर्माण गरी बिक्री–वितरण गर्ने गरेको भन्ने गोप्य सूचना आधारमा ठुलो परिमाणमा हातहतियार, औजार, खरखजाना र जङ्गली जनावरको आखेटोपहारसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
विश्वकर्माका अनुसार अनुसार आज (बुधबार) बिहान प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुद्धिबहादुर कामीको घर तथा आरानमा खानतलासी गर्दा हातहतियार, हातहतियार बनाउन प्रयोग हुने खरखजना तथा औजारहरू र जङ्गली जनावरको आखेटोपहार समेत फेला परेको हो ।
निजकै छिमेकी झगबिन विकको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक फेला पारी सोधपुछको क्रममा बुद्धिबहादुरले हातहतियार निर्माण गरी स्थानीय प्रेमबहादुर सिंजालीलाई बिक्री गरेको खुलाएको बताइएको छ ।
प्रेमबहादुरको घरगोठमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान फेला पारेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले खानतलासीका क्रममा काठको नालसहित फिट भएको भरुवा बन्दुक नौ थान, ४२ थान विभिन्न साइजको फलामको बन्दुकको नाल, आठ थान बन्दुकको काठको कुञ्जी (बट), पाँच थान काठको बट, एक थान किटको आरन (पंखा), दुई थान गेलेन्डर मेसिन, एक थान ड्रिल मेसिन, एक थान ओल्डिङ मेसिन, एक थान पित्तल पाता, एक थान हेक्सा बिलेट, चार थान हाते आरी बरामद गरेको छ ।
त्यसैगरी एक थान बसुला, तीन थान पिलास, दुई थान फलामको गज, एक थान पेचकस, दुई थान फलामको कैँची, २२१ थान विभिन्न साईजको फलामको गोली छर्रा, २४ थान गेलेन्डर मेसिनमा प्रयोग हुने ब्लेड, ८९.८५० ग्राम कागजमा पोको पारी राखेको बारुदजस्तो पदार्थ, तीन थान जङ्गली जनावरको आखेटोपहार, एक थान हड्डी, पाँच थान जङ्गली जनावरको आखेटोपहार छालाका टुक्रा, तीन थान भरुवा बन्दुकमा लाग्ने गोली, दुई थान भ्वाईस मेसिन, तीन थान सानो ठुलो हथौडा, दुई थान सानो ठुलो रेती र टिनको बाकसभित्र बन्दुक बनाउन प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया