जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन

जेन्जी सहिद दिवसको अवसरमा कावासोती–१७, गोछडाटारका Gen Z युवाहरूको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

देशमा परिवर्तन, सुशासन र न्यायका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा स्थानीय Gen Z युवाहरूले दीप प्रज्वलन गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा अभियानकर्ता अविनाश पौडेलले सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी उनीहरूले देखाएको परिवर्तनको बाटोलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले युवाहरूको बलिदानबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै देशमा सुशासन, जवाफदेहिता र नागरिकमैत्री शासन व्यवस्था स्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

उनले नयाँ पुस्ताले परिवर्तनका लागि उठाएको आवाजलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने भन्दै सहिदका सपना पूरा गर्नु नै उनीहरूप्रतिको वास्तविक सम्मान हुने धारणा व्यक्त गरे।

दीप प्रज्वलन कार्यक्रममा कावासोती–१७, गोछडाटारका Gen Z युवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

खबर सबै