कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु

विषालु सर्पको डसाइपछि समयमै उपचार हुन नसक्दा कपिलवस्तुमा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
बुद्धभूमि नगरपालिका–७, डेरवाकी निवासी रिन्की गुप्तालाई आइतबार साँझ विषालु गोमन सर्पले डसेको थियो। सर्पदंशपछि उनलाई उपचारका लागि राति करिब साढे ८ बजे कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो।
उपचार केन्द्रमा ल्याउँदासम्म बालिकाको अवस्था गम्भीर भइसकेको उपचार केन्द्रले जनाएको छ। उपचारका क्रममा उनको मृत्यु भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले atfPsf 5g\। pgsf अनुसार सर्पले डसेपछि उपचार केन्द्रसम्म ल्याउन भएको ढिलाइका कारण अवस्था जटिल बनेको थियो।
जिल्लामा पछिल्लो समय सर्पदंशका घटना बढिरहेका बेला स्वास्थ्यकर्मीले सर्पले डसेमा कुनै पनि घरेलु उपचार वा झारफुकमा समय नखर्चिन आग्रह गरेका छन्। सर्पदंश भएलगत्तै पीडितलाई सकेसम्म चाँडो नजिकको सर्पदंश उपचार केन्द्र वा स्वास्थ्य संस्थामा पुर्याउन उनीको सुझाव छ।
स्वास्थ्यकर्मीका अनुसार विषालु सर्पको डसाइमा उपचारमा हुने सामान्य ढिलाइले समेत ज्यान जोखिममा पार्न सक्ने भएकाले तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ।

खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ

कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन

प्रतिक्रिया