करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९, बेलुवा माछापोखरी टोल निवासी २४ वर्षीय राजु घर्ती रहेका छन् ।
शनिबार बिहान करिब पौने १ बजे घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिँचाइ कुलोमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा घर्तीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)

दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया