

हिमनदी भत्किने जोखिम अझै छ : चीन



चीनको जलस्रोत मन्त्रालयले सीमाको चोचेन खोला नदीमा पहिरो खसेर बनेको प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किने जोखिममा रहेको जनाएको छ ।
चीनको सरकारी समाचार संस्था सीसीटीभीका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिमी तिब्बतको ग्यिरोङ जिल्लामा भएको विपद्सँग जोडिएका जोखिमबारे निरन्तर परामर्श र समग्र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ ।
हालै गरिएको सेटेलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएका तस्बिरका आधारमा चोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ । नदीको तल्लो क्षेत्रमा पानीको बहाव पनि सामान्य अवस्थामा फर्किएको जनाइएको छ ।
तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किन सक्ने जोखिम रहेको र त्यसबाट थप खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको जलस्रोत मन्त्रालयले दिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया