

भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?


रसुवाको भोटेकोसी नदीमा भदौ १० गते बाढी आएपछि त्यस क्षेत्रमा रहेका ३९ देशका ५९० जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् ।
बाढी आएको सातौँ दिनमा बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट ३२४ जना विदेशी नागरिकको उद्धार गरिएको छ ।
“बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार १० वटा शव निकालिएको छ । करिब ४ हजार मानिस अझै बेपत्ता छन् । ३२४ जना विदेशी नागरिकसहित ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए, “३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।”
परराष्ट्र मन्त्रालयमा रहेको ‘आपत्कालीन नियन्त्रण कक्ष’ले सम्बन्धित निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोग र बेपत्ता विदेशी नागरिकका परिवारसँग नजिकबाट समन्वय गरिरहेको उनले जनाए ।
“विदेशस्थित हाम्रा नियोगहरूले पनि सूचनाको आदानप्रदान, परिवारसँगको सञ्चार र आवश्यक परेमा पहिचान तथा स्वदेश फिर्ता प्रक्रियामा सहजीकरण गरिरहेका छन्,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।
सम्बन्धित देशहरूसँग परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहेको र सबै आवश्यक कन्सुलर सहायता प्रदान गर्न प्रतिबद्ध रहेको उनले जनाए ।
बाढीपछि सम्पर्कविहीन हुने विदेशीमा सबैभन्दा ठूलो संख्या क्रमशः भारत, अमेरिका, मलेसिया, युक्रेन, अस्ट्रेलिया, बेलायत, लाट्भीया, क्यानडा र चीनका नागरिक छन् ।
बाह्रखरीलाई प्राप्त सम्पर्कविहीन भएका विदेशीको सूचीमा बाढी प्रभावित क्षेत्रमा १८३ जना भारतीय सम्पर्कविहीन छन् । अमेरिकाका ६४, मलेसियाका ५५, युक्रेनका ५४, अस्ट्रेलियाका ३५, बेलायतका ३३, लाट्भीयाका ३३, क्यानडा ३० र चीनका २५ जना नागरिक बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुने विदेशीमा फ्रान्सका चार, जर्मनीका आठ, न्युजिल्याण्डका पाँच , रुसका आठ, सिंगापुरका नौ , दक्षिण अफ्रिकाका ६, जापानका पाँच र कजाकास्तानका तीन नागरिक छन् ।
नेदरल्याण्ड्स, आयरल्याण्ड, पोर्चुगल, स्पेन, बेल्जियम र इटालीका दुई–दुई जना नागरिक सम्पर्कविहीन छन् । यस्तै, इस्टोनिया, भियतनाम, स्वीट्जरल्याण्ड, सर्विया, स्विडेन, फिलिपिन्स, इजरायल, लिथुवानिया, हंगेरी, फिनल्याण्ड र बेलारुसका एक–एक जना नागरिक सम्पर्कविहीन छन् ।
“सम्पर्कविहीन भएका आफ्ना आफन्त खोज्न विदेशी नागरिक आएको थाहा पाएको छैन । बरु सम्बन्धित देशका यहाँ रहेका केही दूतावासले आफ्ना नागरिकका बारेमा चासो राखेका छन् । हामीले उहाँहरूलाई भएको जानकारी दिने गरेका छौँ,” अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने ।
भारतबाट भने थुप्रै व्यक्तिहरू आफन्तको खोजीमा नेपाल आएका छन् । तर यसरी आफन्त खोज्न आउनको यकिन संख्या भने भेटिँदैन।
विभागका प्रवक्ता ढकालका अनुसार बाढी आएको दिन भदौ १० गते टिमुरेस्थित अध्यागमन कार्यालयबाट स्वदेशी र विदेशी गरी ९३ जनाले आगमन र प्रस्थान अनुमति लिएका थिए । बाढी आउनु दुई–तीन दिन अघिदेखि बाढी आएको दिनसम्म ७७३ जना विदेशीले टिमुरे नाकाबाट आगमन तथा प्रस्थान अनुमति लिएको उनले जनाए ।
नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म उद्धार गरिएका विदेशीमा नागरिकमा भारतका १८७, चीनका १०८, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २, टर्कीका २, अमेरिकाका २, बुल्गेरियाका १, ओमानका १, पोर्चुगलका १ र स्वीट्जरल्याण्डका १ जना छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया