

विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग



कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाले बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४३ लाख ४५ हजार बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
नगर प्रमुख केशवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा २०८३ भदौ १० गते भोटेकोशी नदीमा रसुवागढी नाका हुँदै आएको आकस्मिक विनाशकारी बाढी तथा पहिरोबाट ठूलो धनजनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
प्राकृतिक विपद्मा परी अकालमै ज्यान गुमाउने सम्पूर्ण नागरिक तथा विदेशी पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
विज्ञप्तिमा बाढीपीडितप्रति सहानुभूति प्रकट गर्दै राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने मानवीय मूल्य–मान्यताअनुरूप बुद्धभूमि नगरपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४३,४५,००० (अक्षरेपी त्रिचालीस लाख पैँतालीस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरिएको उल्लेख छ।
नगरपालिकाले विपद्को कठिन समयमा बाढीपीडितलाई थप सहयोग र सहानुभूति प्रदान गर्न बुद्धभूमिका नगरवासी, स्थानीय संघ–संस्था तथा व्यवसायीहरूलाई समेत अपिल गरेको छ।



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया