

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा


बाँकेस्थित नेपाल भारत नाकाको नेपालगन्ज रोडबाट सिधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा सुरु भएको छ ।
सोमबारबाट सुुरु गरिएको सो रेल सेवाले नेपाल र भारतबिच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापार व्यवसायको पनि नयाँ ढोका खुल्ने जनाइएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी बैष्णवले संयुक्त रुपमा सो रेल सेवाको उद्घाटन गर्नुभएको हो ।
लामो समयको प्रतिक्षापछि सञ्चालमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या, गोरखपुर र बनारसम्म जाने नेपाली तिर्थयात्रुसंगै ती स्थानबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रुलाई सहज हुने पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले अब सो रेल सेवाको माध्यमबाट नेपालमा ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्रयाउन सकिने र भारतका तिर्थस्थलमा जाने नेपाली नागरिकलाई पनि सहज हुने बताउनुभयो ।
संयोजक श्रेष्ठले थप्नुभयो–“अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको छ, सोही प्रकारले उताका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थल पुग्न निकै सहज भएको छ ।”
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट यति राम्रो रेल सेवा शुरु भएपछि यसको प्रत्यक्ष लाभ सबैभन्दा पहिले यो सहरले नै पाउने बताउनुभयो । उहाँले यसले गर्दा धार्मिक पर्यटनको विकाससंगै आर्थिक विकासमा पनि ठुलो टेवा दिने बताउनुभयो ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया