



बाणगङ्गा नगरपालिकाले विपद् कोषबाट ४५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने
कपिलवस्तु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालद्वारा जारी विज्ञप्तिमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते एवं प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरपालिकाको २०८३ भदौ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट रु. ४५,००,००० (पैँतालीस लाख) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो।”



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया