




बाणगङ्गा नगरपालिकाले विपद् कोषबाट ४५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने
कपिलवस्तु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालद्वारा जारी विज्ञप्तिमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते एवं प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरपालिकाको २०८३ भदौ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट रु. ४५,००,००० (पैँतालीस लाख) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो।”



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया