

सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार नौ सय रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपियाँ, राप्ती गाउँपालिकाको वडा नंं १ को वडाअध्यक्ष गेमे खड्काविरुद्ध तीन लाख ७१ हजार रुपियाँ, वडा नंं ४ का वडाअध्यक्ष वीर बहादुर चौधरीविरुद्ध एक लाख ४१ हजार २२६ रुपियाँ, अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपियाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९७० रुपियाँ, झविन्द्र प्रसाद भण्डारीविरुद्ध एक लाख ४१ हजार २२६ रुपियाँ र केशर बहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरुविरुद्ध राप्ती गाउँपालिका वडा नं. १ पाखापानीदेखि लमही नगरपालिका वडा नंं ४ अनंहवासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकारभित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रुख हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया