

माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार



रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो र माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ सकुशल उद्धार गरेको छ।
भोटेकोशी नदीमा आएको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी तीव्र पारेर उनलाई बाहिर निकालेको थियो।
माटोको थुप्रोबाट निकालिएलगत्तै ती बालिकालाई प्राथमिक हेरचाहका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरे पुर्याइएको थियो।
बीओपीमा न्यानो बनाएर राखिए पनि बालिकाको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।
प्रतिकूल मौसम र रातको समय भएका कारण तत्काल हेलिकप्टर उडान गर्न समस्या भए पनि बालिकाको उपचार व्यवस्था मिलाउन प्रयास भइरहेको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हराइरहेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली निरन्तर खटिरहेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया