रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ ।
बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।
‘बाढीले कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ । करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ’, भन्सार विभागका निर्देशक किशोर बर्तौलाले भने ।
उनका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन (विद्युतीय तथा अन्य गाडीहरू) पार्किङ गरी राखिएका थिए ।
भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।
भन्सार कार्यालयमा ४० जना भन्दा बढी कर्मचारी रहेकोमा हालसम्म आधा पनि सम्पर्कमा नआएको निर्देशक बर्तौलाले जानकारी दिए ।

खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज

प्रतिक्रिया