

छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु



काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’ भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार हत्या भएको थियो।
शनिबार छोराको हत्याको खबर सुनेपछि यता घोराहीको हरिद्वारस्थित जनप्रिय टोलमा ३८ वर्षीया आमा बिना कालाथोकीको मृत्यु भएको हो।
छोराको हत्याको खबर सुन्नासाथ दिउँसो ३ बजेतिर घरमा बिनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनको मृत्युको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि बेलुकी ४ बजेतिर बिनाको शव पोस्टमर्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। शव अहिले प्रतिष्ठानको शवगृहमै राखिएको छ।
वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान रोमहर्ष कालाथोकी विदेशबाट आएपछि मात्र पोस्टमर्टम गरिने भएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया