

कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु



भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित न्यू मार्केट क्षेत्रको एक होटलमा मंगलबार राति भीषण आगलागी हुँदा एक बालकसहित नौ जनाको मृत्यु भएको छ ।
उनीहरूको धुवाँका कारण निसास्सिएर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा अन्य छ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
राति करिब २ बजे होटलको तेस्रो तलाबाट सुरु भएको आगो र धुवाँ पूरै भवनमा फैलिएको थियो । दमकल र प्रहरीले होटलमा फसेका मानिसको उद्धार गरेका थिए ।
प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको बताइएको छ । प्रहरीले होटलका व्यवस्थापकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया