कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास


रामबहादुर गन्धर्व, कपिलवस्तु | कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलगन्जस्थित श्री माध्यमिक बिद्यालय नेवलगन्जमा एक करोड रूपैयाँको लागतमा निर्माण हुन लागेको ४कोठे भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ। पुर्व बन तथा बाताबरण मन्त्री रूपा बि.क.को पहलमा बिनियोजित बजेटबाट निर्माण हुने उक्त भवनको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा मगरले शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा अध्यक्ष थापासँगै ,वडाध्यक्ष इन्नर थारू र वडा सचिव बालबहादुर थापाले संयुक्त रूपमा शिलान्यास गरेका थिए। कार्यक्रममा अध्यक्ष थापाले बिद्यालयको आवश्यकता र बिद्यार्थीहरूको सुबिधालाई प्राथमिकतामा राखेर टिनको छानामुक्त अभियान अन्तर्गत पुर्वधार बिकासलाई निरन्तरता दिएको बताए ।

त्यस्तै वडाध्यक्ष थारूले भवन निर्माणपछि पठनपाठनमा सहज हुने औलाए।सचिव थापाले भवन गुणस्तरीय समयमै निर्माण गर्नुपर्नेमा जोड दिए। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र चौधरीले बजेट बिनियोजनका लागि भुमिका खेल्ने पूर्वमन्त्री बि.क.लाई धन्यवाद ब्यक्त गरे ।
बिद्यालयकि प्रधानध्यापक मधु कुमारी पौडेलले नयाँ भवनले बिद्यालयको भौतिक तथा शैक्षिक बाताबरण सुधारमा सहयोग पुग्ने बताइन् ।

शिक्षक दिलिप चौधरीले भवन शिलान्यासले बिद्यार्थी शिक्षक तथा स्थानीयबासीमा उत्साह थपिएको स्पष्ट पार्दै भवन निर्माणको जिम्मा रेसुङ्गा बी.एल.जेभीले पाएको जानकारी गरे। कम्पनीका ठेकेदार तिलकराम पौडेलका अनुसार करिब एक करोडको लागतमा भवन निर्माण सम्पन्न हुने बताए ।

प्रतिक्रिया

खबर सबै