

पाल्पा जिप दुर्घटना : १० जना घाइते


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । घाइते हुनेमा पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, स्याङ्जा कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन्।
त्यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका–१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा पनि घाइते भएका छन्। उनीसँगै रहेका ४ वर्षीया छोरा डेसिन थापा गम्भीर घाइते भएका छन्।
यस्तै पाल्पा माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, रुपन्देही बुटवल उपमहानगरपालिका–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना, जिपका चालक पाल्पा माथागढी गाउँपालिका–५ का ३८ वर्षीय देवकुमार घर्ती र स्याङ्जा कालीगण्डकी गाउँपालिका–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। माथागढी गाउँपालिका–५ बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप आज बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा ग्यास डिस्ट्रीब्युटर्स पसलहरूमा छड्के अनुगमन
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो






प्रतिक्रिया