

गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु


गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोककी ३२ वर्षीया सीता पोखरेलको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार पोखरेललाई स्कारो टाइपस नामक किराले टोकेपछि गत साउन १४ गते उपचारको लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ल्याइएको थियो। सामान्य उपचार पश्चात् सोही दिन डिस्चार्ज गरिएको हो। चिकित्सकको सल्लाह अनुसार ७२ घण्टापछि अप्ठ्यारो भए पुनः भर्ना गरी उपचार गर्ने भनि डिस्चार्ज गरिएको हो। पोखरेलको स्वास्थ्यमा समस्या आएपछि सोमबार पुनः जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो।
उहाँको स्वास्थ्य चेकजाँच गर्ने क्रममा चिकित्सकले बिहान ११ः१० बजेको समयमा मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वकर्माले जानकारी दिनुभयो। मृतकका आफन्तहरुले चिकित्सकको लापरवाहीले गर्दा मृत्यु भएको आरोप लगाएका थिए। छलफलपछि शवको अन्त्येष्टिका लागि सोमबार नै अस्पतालबाट लगिएको बताइएको छ।


खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया