

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो



पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिटमा बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गएको हो।
बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनालगत्तै उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल र मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा खटाइएको थियो।
तर, उद्धार टोली घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।
“रेलको टक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै लक्षण थिएन,” बकाउ पुलिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई मृत घोषणा गरेको छ।”
प्रारम्भिक जानकारीअनुसार मृतक नेपाली नागरिक हुन्। यद्यपि, उनीहरूको पहिचान भने अझै खुलाइएको छैन।
उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रहरी र रेलवे अधिकारीले छानबिन सुरु गरेका छन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया