

उखु किसानले पाए साढे १२ करोड अनुदान



पश्चिम नवलपरासीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै भुक्तानी पाएका छन् । सरकारले असार मसान्तमा उखु वापतको अनुदान रकम निकासा गरेपछि किसानहरुको खातामा साढे १२ करोड बढि रकम पठाइएको छ ।
हरेक वर्ष दशैँको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष चालु सिजनको सोहि आर्थिक वर्षमै निकासा भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार १२ करोड ६१ लाख ७७ हजार रुपियाँ असार मसान्त आगावै किसानको खातामा भुक्तानी भइसकको छ । चार सय ६४ जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले ३५ लाख ६८ हजार रुपियाँ भुक्तानी हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले ३ हजार ५ सय १४ र लुम्बिनी चिनी उद्योगले १ हजार ८ सय ८१ किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए । जिल्लामा रहेका चार वटा चिनी मिलमध्ये बागमती खाँडसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए । बागमतीले ११ लाख ५४ हजार ४ सय ३४ क्विन्टल र लुम्बिनी चिनी मिलले ६ लाख ९९ हजार ८३ क्विन्टल उखु क्रसिङ गरेको थियो । समयमै उखुको अनुदान पाएपछि किसान खुसि भएका छन् ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले उखुको अनुदान रकम समयमै निकासा हुन सकारात्मक पक्ष भएको बताउँदै अब न्यूनतम मूल्य निर्धारण पनि समयमै हुनुपर्नेमा जोड दिनुभयो ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया