

उखु किसानले पाए साढे १२ करोड अनुदान



पश्चिम नवलपरासीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै भुक्तानी पाएका छन् । सरकारले असार मसान्तमा उखु वापतको अनुदान रकम निकासा गरेपछि किसानहरुको खातामा साढे १२ करोड बढि रकम पठाइएको छ ।
हरेक वर्ष दशैँको समयमा वितरण हुँदै आएको अनुदान यस वर्ष चालु सिजनको सोहि आर्थिक वर्षमै निकासा भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार १२ करोड ६१ लाख ७७ हजार रुपियाँ असार मसान्त आगावै किसानको खातामा भुक्तानी भइसकको छ । चार सय ६४ जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले ३५ लाख ६८ हजार रुपियाँ भुक्तानी हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले ३ हजार ५ सय १४ र लुम्बिनी चिनी उद्योगले १ हजार ८ सय ८१ किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए । जिल्लामा रहेका चार वटा चिनी मिलमध्ये बागमती खाँडसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए । बागमतीले ११ लाख ५४ हजार ४ सय ३४ क्विन्टल र लुम्बिनी चिनी मिलले ६ लाख ९९ हजार ८३ क्विन्टल उखु क्रसिङ गरेको थियो । समयमै उखुको अनुदान पाएपछि किसान खुसि भएका छन् ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले उखुको अनुदान रकम समयमै निकासा हुन सकारात्मक पक्ष भएको बताउँदै अब न्यूनतम मूल्य निर्धारण पनि समयमै हुनुपर्नेमा जोड दिनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया